यस्तो बन्यो ‘दाल भात तरकारी’ पोष्टर

31 Shares

फिल्म । फिल्म ‘दाल भात तरकारी’को चार पोस्टर सार्वजनिक गरिएको छ । अमेरिका मोहको कथामा निर्मित फिल्मका पोस्टरले कथाको भाव दर्साउछन । केहि समय अगाडि फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएको थियो । एक पोस्टरमा फिल्मका सबै कलाकारलाई स्थान दिइएको छ भने दोस्रो पोस्टरमा हरिवंश आचार्य र निरुता सिंहको अमेरिका जाने सपनालाई देखाइएको छ । भने, तेस्रोमा पुष्प खड्का र आँचल शर्मा रोमान्टिक अवतारमा देखिएका छन् ।

मल्टिस्टारर फिल्ममा वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायतका कलाकारको पनि अभिनय रहेको छ । महसञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्मलाई सुदन केसीले निर्देशन गरेको हुन् । फिल्ममा कथा लेखन हरिवंश आर्चायको रहेको छ । भने, रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ यसका निर्माता हुन् । दिर्घ गुरुङले खिचेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका हुन् । फिल्म वैशाख २० गते देखि अलनेपाल रिलिज हुँदैछ ।



Facebook Comments