आँचल भन्छिन् ‘रियल पल महसुस् भएनन्’

फिल्म । गत शुक्रबार देखि नै प्रदर्शनरत फिल्म हो ‘बीर विक्रम २’ । फिल्म हेरेका अधिकांस दर्शकले यसलाई मनोरंजनको प्याकेज भनिरहेका छन् । निर्देशम मिलन चाम्स निर्देशित फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्धि तामाङ स्टारर फिल्मले मित्रताको कथा वाचन गरेको छ । भोली शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गर्ने यो फिल्म करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको ‘बीर विक्रम’ को दोस्रो सिरिज हो । यो केवल नामको मात्र सिरिज हो , किनकी निर्देशक चाम्स आफैले पनि यसलाई सिक्वेलको रुपमा नबुझ्न आग्रह गरेका छन् । साथै , पछिल्लो समय फिल्मलाई विभिन्न कलाकारले हेरिरहेका छन् । पल शाहको जोडीको रुपमा चिनिने आँचल शर्माले बुधवार दिउँसो बालाजुमा रहेको विएसआर हलमा पुगेर फिल्म हेरिन् । फिल्म हेरेपछि उनले आफुलाई मन परेको प्रतिक्रिया मिडियालाई दिईन । ‘मलाइ फिल्ममा कलाकारको प्रस्तुति र कथावस्तुले मन छोयो , निर्देशकले राम्रोसँग बुन्नु भएको छ’ उनले भनिन् ‘बीर र विक्रमको मित्रताले बेलाबखतमा मलाइ भावुक नै बनायो ।’ उनले विशेष गरि पलको अभिनयको प्रसंसा गरिन् । ‘पललाई मैले रियल महसुस गरिन् , उँहा बीरकै क्यारेक्टरमा हुनुहुन्थ्यो’ उनले भनिन् ‘उँहाको कामको स्टाइल निकै मन पर्यो ।’ पल र आँचललाई आपजोडी भनेर पनि चिनिन्छ । पल, नाजिर, बुद्धि, वर्षा र निर्देशक चाम्सले पनि साथमा बसेर फिल्म हेरे । निर्देशक मिलन चाम्सले फिल्मले राम्रो व्यापार गरिरहेको बताए । उनी दर्शकले फिल्म रुचाउनु नै आफूहरुकोे मिहिनेतले साकार भएको बताउँछन् । फिल्मको एकहप्ते व्यापार साढे २ करोडको आसपास हुने उनको अनुमान छ । पल र नाजिरकोे प्रगाढ मित्रतामा वर्षाको अगमनपछि आउने उचारचढावमा फिल्म केन्द्रित छ । यसमा पल बीरको भूमिकामा छन् भने नाजिर विक्रमको । यसैगरी यसमा वर्षा बादलको भूमिकामा छिन् भने बुद्धि तामाङ पहिलो पटक नेगेटिभ क्यारेक्टरमा छन् । प्रदीप भारद्धाजको कथामा बनेको फिल्मका छायाँकार सुदीप बराल हुन् । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व छ ।
कमेन्ट गर्नुहोस्