पूर्णनिर्माणमा जुटे सलमान

फिल्म । बलिउडमा भाइजान भनेर सम्बोधन गरिने अभिनेता सलमान खान पुन सामाजिक कार्यमा जुटेका छन् । यसैवर्षको सलमानले गरेको घोषणा अनुसार उनि सहयोगमा जुटेका हुन् । महाराष्ट्र स्थित बाढीग्रस्त खिद्रापुर गाउँमा उनले घर निर्माण गर्दिन लागेका हुन् । गत वर्ष आएको बाढीले बर्बाद भएको गाउँमा घर पुनर्निर्माण सलमान जुटेका हुन् ।

सलमानले यो घर निर्माणमा महाराष्ट्र सरकार र एलन फाउन्डेसनसँग सहकार्य गरेका छन् । महाराष्ट्र सरकारका क्याबिनेट मन्त्री राजेन्द्र पाटिल यादरावकरले ट्विटर मार्फत घर पूर्णनिर्माण कार्य प्रारम्भ भएको जानकारी दिएका छन् । ७० घर पूर्णनिर्माण हुदैछ र सरकारले प्रत्येक घरको लागि ९५ हजार सहयोग गर्नेछ । त्यसबाहेकको खर्च एलन फाउन्डेसन र सलमान खानले बेहोर्ने छन् । स्थानीयले घर पूर्णनिर्माणमा जुटेका सम्पूर्णलाई धन्यवाद दिएका छन् ।

कमेन्ट गर्नुहोस्