फिल्म । बलिउडमा पछिल्लो समय सानो बजेटकै फिल्ममा अभिनय गरेर दर्शकको माया पाउनेमा पर्छन , आयुष्मान खुराना । सुरुवाती दिनमा ठुला व्यानरले नपत्याएर सानो व्यानरका कन्टेनयुक्त फिल्म मार्फत आफुलाई स्थापित बनाएका आयुष्मान पछिल्लो समय लगातार हिट फिल्म दिने अभिनेतामा पर्छन । लगातार ६ फिल्मलाई बक्स अफिसमा हिट बनाएका आयुष्मान पछिल्लो समय शुभ मंगल ज्यादा सावधानमा व्यस्त छन् । यिनै आयुष्मानलाई बलिउडको ठुलो व्यानर मध्यको एक धर्मा प्रोडक्सनले अफर गरेको छ । रम-कम अर्थात रोमान्टिक कमेडी जनरको फिल्ममा करण जोहरले आयुष्मानलाई अफर गरेका हुन् ।
पछिल्लो समय आयुष्मान अभिनित हरेक फिल्म एक सय करोड क्लबमा त छ नै दर्शकले समेत रुचाइरहेका छन् । समिक्षकको पनि प्रिय बनेका छन् , आयुष्मान । यसैले गर्दा उनलाई बलिउडका ठुला व्यानरले अफर गर्न थालेका छन् । यद्दपी केहि समय अगाडी भने आयुष्मानको एक फिल्ममा करणले लगानी गर्न मानेका थिएनन् । तर , यसपटक उनि आफैले सहकार्यको हात अगाडी बढाएका छन् । करण झैँ आयुष्मानले पनि केहि समय अगाडी धर्मा प्रोडक्सनको ‘लस्ट स्टोरीज’ मा अभिनय गर्न मानेका थिएनन् । तर , फिल्ममा के हुन्छ ? यो भने आउँदो समयले नै बताउने छ ।










