देश । नेपाली संगीत, नृत्य तथा नाट्य क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका स्रस्टा ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ बाट पुरस्कृत भएका छन् । प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरिए अनुरुप लोक सङ्गीत विधाबाट लोकगायक नविनकिशोर राई, सङ्गीत विधाबाट गायक, संगीतकार तथा गीतकार गणेश रसिक, परम्परागत तथा शास्त्रीय सङ्गीत विधाबाट विजयकुमार श्रेष्ठ, रङ्गमञ्च विधाबाट रंगकर्मी भैरव क्षत्री र नृत्य विधाबाट नृत्य निर्देशक कुलमान नेपाली, नाट्य विधाबाट नाट्य अनुसन्धाता प्रा.डा. रामचन्द्र पोखरेललाई जनही एक लाख एक रुपैयाँसहित ताम्रपत्र र दोसल्लाबाट उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय यादवले पुरस्कृत गरे ।
कुलपति निशा शर्माले कला स्थिर तत्व भएको बताउँदैे पुरस्कृत स्रष्टा तथा कलाकारलाई बधाई दिनुभयो । समारोहमा बोल्दै पुरस्कृत स्रष्टा रसिकले नेपाली मौलिक सङ्गीत नृत्य तथा नाटकमा दशकौँ योगदान दिने स्रस्टा तथा कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्य बनाउन सुझाव दिईन ।
आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर लगायत उपस्थित हुनुहुन्थ्यो ।