‘सम्झना बिर्सना’ मा छुल्ठिम

317 Shares

फिल्म । फिल्म ‘रामकहानी’ मा जोडी बाँधिएपछि अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले लगातार फिल्म गरिरहेका छन् । दुई अभिनीत नयाँ फिल्म ‘पोइ पर्‍यो काले’ गएको कात्तिकमा प्रदर्शनमा आएको थियो । अब, उनीहरु अभिनीत फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पखाईमा छ । यसबीच, उनीहरुको चौथो पटक फिल्म ‘सम्झना बिर्सना’ मा सहकार्य भएको छ ।

निमेष प्रधानको निर्देशनमा बन्न लागेको फिल्म प्रेमकथामा आधारित हुने बताइएको छ । छायांकन सुरु भएसँगै फिल्ममा अभिनेत्री छुल्ठिम गुरुङको प्रवेश भएको छ । फिल्म ‘नोभेम्बर रेन’ मा ‘डल्ली’ को चरित्र निभाएपछि चर्चामा आएकी उनको यो फिल्ममा प्रमुख भूमिका रहने बताइएको छ ।

यसफिल्ममा पूजा, आकाश र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । आदित्य प्रधान र रेविका प्रधानको लगानीमा फिल्म बन्न लागेको हो । आदित्य फिल्मसको व्यानरमा निर्माण भैरहेको फिल्मलाई शिव ढकालले खिचिरहेका छन् । ‘सम्झना बिर्सना’ को कथावस्तु र आफ्नो भूमिका राम्रो लागेर फिल्म गर्न राजी भएको छुल्ठिमले बताइन् ।

कमेन्ट गर्नुहोस्