समिता र राहुलको ‘मुटु र तिमी मा’ सार्वजनिक (भिडियो)

संगीत । नव गायिका मोडल समिता श्रेष्ठ र राहुल रक्सको गीत ‘मुटु र तिमी मा’ सार्वजनिक गरिएको छ । गीतमा समिता श्रेष्ठ र राहुल रक्सको स्वर, सुरज अधिकारीको शब्द संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका छन् ।

संचारकर्मी तथा मोडल विकाश लामिछानेसंग गायिका समिता आफै भिडियोमा फिचर्ड छिन । काठमाडौँ , सिन्धुली तथा रामेछापको रमणिय स्थलहरुमा छायांकन गरिएको यसगितको भिडियोलाई नव ढुंगेलले निर्देशन गरेका हुन्। भिडियोमा माधव बेल्बासेको सम्पादन, अमृत सुनुवारको डि. ओ. पी मा आभास बज्राचार्यको छायांकन रहेको छ भने कोरियोग्राफी हेमन गुरुङले गरेका छन्।

कमेन्ट गर्नुहोस्