‘तेल भिसा’ निर्माणमा जोडिए सुवेदी

फिल्म । निर्देशक शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको सिनेमा ‘तेल भिसा’को निर्माणमा सेभेन सिज ईन्टरटेनमेन्टले सहकार्य गर्ने भएको छ । वितरण संस्थाका तर्फबाट प्रतिक सुवेदी र निर्माण कम्पनि वेल्डन कृएशनका तर्फबाट निर्देशक शंकर घिमिरेले हालै सम्झौता गर्दै निर्माण सहकार्य बारे घोषणा गरेका हुन् । सम्झौता अनुसार सेभेन सिजले तेल भिसाको निर्माणमा ५० प्रतिशत लगानी गर्ने सम्झौतासहित फिल्मको विश्व्यापी अधिकार समेत लिएको छ ।

आगामी फागुन महिनादेखि छायाङ्न सुरु गरिने फिल्मको लागि अहिलेसम्म मुख्य भूमिकामा विपिन कार्की तय भएका छन् । उनले यसमा दोहोरो भूमिका निर्वाह गर्ने जानकारी निर्माण पक्षले दिएको छ । फिल्मको विषयवस्तुकै कारण आफ्नो टिम निर्माण सहकार्यमा जोडिएको वितरक सुवेदीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्