पोस्टर र मोशन ग्राफिक्सबाट चिनिएका विजय

फिल्म । दशक अगाडी सम्म फिल्मको पोस्टरलाई खासै महत्वपूर्ण रुपमा हामी कहाँ हेर्ने गरिन्थेन । तर जसरि फिल्ममा डिजिटल प्रविधिको विकास भयो त्यसरी नै पब्लिसिटी गर्ने म्याटरको पनि । दशक अगाडीको प्राय फिल्ममा पोस्टरमा स्टोरी नै देखिने गर्थ्यो अर्थात् त्यहाँ फिल्मका सबै कलाकार त अटाउथे नै गीत र फाईटका दृश्य पनिसंगै देखिन्थ्यो ।

तर नारायण पुरी निर्देशित अल्पविराम , भुषण दाहाल निर्देशित कागबेनी , स्व. आलोक नेम्वाङ निर्देशित सानो संसार र त्यसपछी सुदर्शन थापा निर्देशित मेरो एउटा साथी छ जस्ता फिल्मले नेपाली फिल्म बन्ने शैलीलाई मात्र परिवर्तन गरेनन , पोस्टरको शैली पनि स्थापित गरे । फिल्मका पोस्टरमा पनि गुणस्तरीयता खोजन थालियो ।

‘पछिल्लो समय पोस्टरमा पनि मेहनत देखिन थालेको छ’ टौवा क्रियसनका विजय बस्याल भन्छन ‘आजभोली गुणस्तरीय काम नै खोज्नु हुन्छ ।’ पछिल्लो समय रिलिज भएका र रिलिज हुने क्रममा रहेका अधिकाँस फिल्मको पोस्टर डिजाइनमा व्यस्त हुने बस्याल मोशन ग्राफिक्सको काममा पनि उतिकै व्यस्त हुन्छन । भारतमा झन्डै ६ वर्ष बसोबास गर्दा यससम्बन्धि शिक्षा लिएका बस्याल पछिल्लो समय फिल्म ‘क्याप्टेन’ को पोस्टर डिजाइन गरेका थिए ।

‘हरेक पोस्टरमा चुनौती हुने गर्छ’ बस्याल भन्छन ‘कहिले काहिँ पोस्टर र टाइटल मिल्न सक्छ , त्यसमा निकै सजग हुनु पर्छ किनकी क्रेडिट हामीलाई नै आउछ ।’ तर उनि पोस्टर अन्यसंग मिलेमा बढी क्रेडिट आउने बताउछन । ‘हामीलाई कतै मिल्न जादा जसरि भन्नु हुन्छ , राम्रो हुदा त्यसरी तारिफ गर्नु हुन्न’ बस्याल थप्छन ‘तर पछिल्लो समय पोस्टर र मोशन ग्राफिक्सलाई जसरि बुझ्दैहुनुहुन्छ त्यो भने खुसिको कुरा हो ।’

कमेन्ट गर्नुहोस्