ट्रेण्डिङको शिर्ष स्थानमा ‘दाल भात तरकारी’

फिल्म । मह सञ्चारको निर्माण रहेको फिल्म ‘दाल भात तरकारी’ युट्युबको शिर्ष स्थानमा छ । नेपालमा सर्वाधिक हेरिएकै कारण फिल्म युट्युबको नेपाल ट्रेण्डिङको शिर्ष स्थानमा पुगेको हो । गत वर्षको वैशाख तेस्रो साता रिलिज भएको फिल्मले इनिसियल राम्रो व्यापार गरेको थियो । राजधानीको केहि हलमा ५१ औँ दिनको प्रदर्शनको यात्रा समेत पार गरेको फिल्मले युट्युबमा पनि राम्रै भ्युज पाएको छ ।

अमेरिका जाने सपना बुनेको एक परिवारको कथालाई यो फिल्मले हाँस्य शैलीमा प्रस्तुत गरेको छ । किरण केसीको प्रस्तुति रहेको फिल्मलाई उनकै पुत्र सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , निरुता सिंह , बर्षा राउत , आँचल शर्मा , पुष्प खड्का , शिवहरी पौडेल, बसुन्धरा भुसाल , रविन तामाङ , किरण केसी , राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद पनि उनकै रहेको छ ।

फिल्ममा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्