फिल्म । बलिउडमा पछिल्लो समय ओटिटी प्लेटफर्मलाई पनि फिल्मको सभाव्य बजारको रुपमा प्राथमिकतामा राख्न थालिएको छ । पहिलो दोस्रो प्राथमिकतामा पर्ने यो बजार कोरोना भाइरस (कोभिड १९) को कारण सिर्जित अवस्थाले गर्दा पहिलो स्थानमा उक्लिदै छ । बलिउडका केहि फिल्महरु हलमा नगई सिधै डिजिटल प्लेटफर्मका माध्यमबाट दर्शक समक्ष पुग्ने तयारी गरिरहेका छन् ।
अक्षय कुमार अभिनित ‘लक्ष्मी बम्ब’ र अर्जुन कपूर अभिनित फिल्म ‘सन्दीप और पिंकी फरार’ पछी ओटिटी प्लेटफर्मममा रिलिज हुने सम्भावनामा रहेको फिल्म हो , ‘राधे – यौ मोस्ट वान्टेड भाइ’ । सलमान खनाको फिल्म पनि सिधै डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने सम्भावना बढेको छ । सलमान खान प्रोडक्सनसँग जोडिएका एक व्यक्तिले आफूहरुले ओटीटी (ओभर दी टप) को अवसर रोज्नसक्ने संभावना रहेको पटेल वताएकाछन् । बुझिए अनुसार ओटीटीले २ सय ५० करोडको अफर गर्यो भने आफूहरु हलमा नभई सिधै डिजिटल प्लेटफर्मतर्फ जान सक्ने सलमान खान प्रोडक्सनका डिजिटल सम्झौता हेर्ने समुहले बताउनेछन् । (एजेन्सी)










