गसिप । फिल्म बन्ने क्रम रोकिएपछि हिरो–हिरोइनको फुर्ती सेलाएको छ। लाखौँलाख पैसा डिमान्ड गर्ने कलाकार अहिले फिल्म मात्र पाए हुन्थ्यो भन्ने अवस्थामा पुगिसकेका छन् । ‘मंगलम्’ पछि बजारमा बिक्न थालेका पुष्प खड्काले पनि पारिश्रमिक बढाएर एकैचोटि ३० लाख पुर्याएका थिए। त्यसमा दुइटा हिरो भएको फिल्म नखेल्ने शर्तसम्म राख्ने गरेको चर्चा थियो ।
तर, ‘मारुनी’ले राम्रै चर्चा पाउँदा पनि पुष्पले दुई तीन महिना फिल्म पाएनन् । सानातिना निर्मातालाई उनले नपत्याउने, ठूला निर्माताले उनलाई नपत्याउने । तर, यो हप्ता उनले नयाँ फिल्म साइन गरे, ‘चालबाज’। उनी आफैँले राम्रो स्क्रिप्ट पाएको भन्दै फेसबुकमा फिल्म साइन गरेको बताएका छन् । तर, पारिश्रमिक दुईचार लाखबाट ह्वात्तै बढाएर ३० लाख पुर्याएका पुष्पले यो फिल्म गर्न १० लाख हाराहारी पैसा लिएको सूत्रको दाबी छ । यसको मतलब पुष्प आधाभन्दा बढीले सस्तिएका छन् । पुष्पलाई लिन मन छ भने निर्माताले विचार गरे हुन्छ । (सम्पूर्ण साप्ताहिकबाट)










