फिल्म । आउँदो भाद्रको दोस्रो साताबाट प्रदर्शनमा आउने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘दुबो फुल्यो’ बोलको गीतमा फिल्मका अधिकांस कलाकार फिचर्ड छन् । गीतमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राई बीचको प्रेम देखाइएको छ । विल्सन र उपासनाको विवाहको कुरा छिन्दाको दृश्यलाई गीतमा कैद गरिएको छ । यस गीतमा हर्क साउदको शब्द र हेमन्त राना ऋतिका श्रेष्ठको स्वर छ भने यसलाई एसडी योगीले कम्पोज गरेका हुन् । यस गीतको निर्देशन रेनशा राई राणा गरेकी हुन् भने, कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपले गरेला छन् ।
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको फिल्ममा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि अभिनय छ ।
रामबाबु गुरुङ निर्देशित यो फिल्म कबड्डीको तेस्रो सिरिज हो । रामबाबुले डेब्युसंगै सफलता पाएको फिल्म नै ‘कबड्डी’ हो । बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुति रहेको फिल्मसंग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेका छन् ।मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् भने सह-लगानीकर्ताको रुपमा रुदेन सदा लेप्चा छन् । यसमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।