‘यो मन त मेरो नेपाली हो’ मा आठ देशका कलाकार

फिल्म । नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरण अन्तर्गतको छायांकन सुरु गरिएको छ । सुरू गरिएको छायांकन भारत ,मलेसिया ,पोल्याण्ड ,अस्टिया ,बेल्जियम ,ट्युनिसिया ,जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरुको अभिनय रहने छ । यसको पहिलो चरणको छायांकन नेपालको झापा ,इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम् बङ्गाल लगायतका स्थानमा गरिएको थियो ।

अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको फिल्मलाई ज्ञान बहादुर प्रधानले निर्माण गरेका हुन् । यसमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन लगायातका कलाकारले अभिनय गरेका छन् ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण भएको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्ने बताईएको छ । नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपालीको इतिहासलाइ फिल्ममार्फत उठाउन खोजिएको निर्देशक प्रधानले बताए ।

शिवम् अधिकारीको लेखन रहेको फिल्ममा निर्देशक प्रधानकै कथा दिपक शर्माको सङ्गीत,सौरभ लामाको छायांकन,देव महर्जन द्वन्द्व,समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

कमेन्ट गर्नुहोस्