सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’

संगीत । विश्वव्यापी रूपमा चासोको विषय बनेको फिफा विश्वकप फुटबललाई मध्य नजर गर्दै ‘भकुन्डो ब्याटल फेस्ट’ कम्पिटिसन हुने भएको छ । ३ राउन्ड ब्याटल गरिने कार्यक्रममा र्यापर मानस घले जजको रूपमा देखिने छन् भने कार्यक्रमको सञ्चालन भोयोमाले गर्नेछन् ।

आरएनएस कृयसनले आयोजन गरेको कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले, मेरेडोना, मेसी, रोनाल्डो साथै फिफामा सामेल भएका देश अर्जेन्टिना, ब्राजिललाई समर्थन गर्दै र्‍याप प्रस्तुत गर्ने छन् । प्रतियोगी मेक(अर्जेन्टिना), भोइड (पेले), रमन ( मेरेडोना), सेभेक (ब्राजिल) भएर स्टेजमा देखिने छन् ।

‘भकुन्डो ब्याटल फेस्ट’ को पहिलो एपिसोड सार्वजनिक भइसकेको छ । जसमा ब्राजिलको समर्थनमा सेभेक भर्सेस अर्जेन्टिनाको समर्थनमा मेकले प्रस्तुति दिएका छन् । दर्शकको भोटको आधारमा प्रतियोगीहरू पहिलो, दोस्रो र तेस्रो हुनेछन् । र्‍यापरहरुलाई भोट गर्नका लागि दर्शकले अनलाइन एप दामी म्युजिकमा इ-सेवा, आएमिपेबाट भोट गर्न सक्नेछन् । विजेता हुने प्रतियोगीले नगद पच्चीस हजार रुपैयाँ पाउने छन् भने सहभागीले रु दश हजार पाउने छन् । कार्यक्रमको फाइनल रिजल्ट फिफा फाइनलको एक दिन अगाडि हुनेछ ।

कमेन्ट गर्नुहोस्