आप्पाको ‘हावा सरर’ सार्वजनिक (भिडियो)

फिल्म । अभिनेता दयाहाङ राई अभिनित नयाँ फिल्म ‘आप्पा’ को पहिलो गीत हावा सरर सार्वजनिक भएको छ । नेपाल र इन्डियाको बोर्डर सन्दकफुमा छायाँकन गरिएको गीतमा मुख्य पात्र दयाहाङ राईलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको संगीत, उमेश उपमाको शब्द रहेको गीतमा थुप्देन भुटिया र स्नेहाश्री थापाको स्वर छ । बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । अनमोलको डेब्यु निर्देशन रहेको फिल्ममाउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको हो ।

यसमा बाबु-छोराको कथा देखाइएको छ । जेठ २४ गतेरिलिज हुने फिल्मको पोस्टरमा दयाहाङ र एक प्रेम जोडी प्रस्तुत छन् । फिल्ममा दयासँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ ।’ निर्देशक अनमोलले नै लेखेको फिल्मको कन्सेप्टलाई पर्दामा उतार्न उनलाई सहज थिएन । ’रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । निर्देशक गुरुङ र उमेश उपमाको स्क्रिनप्ले रहेको फिल्ममा सैकत देवको ब्याकग्राउन्ड स्कोर छ । शैलेन्द्र डि. कार्कीले फिल्म खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्