साराले शाहरुखलाई ‘अंकल’ भनिन् !

0 Shares

फिल्म । पछिल्लो समय बलिउडमा फ्रेस ब्युटी सारा अलि खानको राम्रै चर्चा हुने गर्छ । उनि आफ्नो क्रस कार्तिक आर्यनसँग फिल्म ‘आजकल’ मा व्यस्त छिन् , जसलाई इम्तियाज अलिले निर्देशन गरिरहेका छन् । फिल्मलाई लिएर बि-टाउनमा विभिन्न चर्चा भइरहेको छ । केहि समय आगाडी सेटबाट कार्तिक र साराको लिपलक भिडियो लिक्ड भएको थियो , जुन सोसल मिडियामा भाइरल नै बन्यो । यस्तै कारणले चर्चामा रहेकी साराले बलिउडका रोमान्सका बादशाह शाहरुख खानलाई ‘अंकल’ भनेपछि चर्चामा आएकी छिन् ।

उनले एक अवार्ड समारोहमा शाहरुख अंकल भनेपछि उनि ट्रोल बनेकी छिन् । शाहरुखका फ्यानले उनको ट्रोल बनाएका हुन् । उनले एक प्रसंगमा उक्त अवार्डलाई लिएर आफ्नो अनुभवलाई शेयर गरेकी थिइन् । ‘म यो अवार्डलाई सानो देखि नै हेर्ने गर्थे’ उनले भनिन् ‘यसलाई मेरो पिता र शाहरुख अंकलले होस्ट गरेको याद छ’ साराले भनिन् । उनले स्टेजमा यस्तो भनेपछि उपस्थित सबै हासे । तर , साराले यसको ल्यान्डिङ पनि रमाइलो तरिकाले गरिन् । यदपि बलिउडमा रोमान्सका बादशाह भनेर चिनिने शाहरुखलाई ‘अंकल’ भनेपछि उनि ट्रोल नबन्ने त कुरै भएँन नि , होइन र ?

Facebook Comments