यसकारण युट्युबमा आइरहेकाछन् नयाँ फिल्म

फिल्म । पछिल्लो समय फिल्महरु युट्युब अगावै इन्टरनेटमा रिलिज हुने गरेकाछन् । विभिन्न कम्पनिले फिल्म किनेर आफ्नो साइट मार्फत उक्त फिल्म दर्शकलाई देखाउदै आएका छन् । केहिले शुल्क लिन्छन भने केहिले नि:शुल्क नै फिल्म देखाउदै आएका छन् । केहि समय अगाडी हाइलाइटस नेपालले पनि युट्युब अगाडी एक साइटमा फिल्म अपलोड गर्ने गरेका थिए । तर पछी त्यसले निरन्तरता पाउन सकेन ।

पछिल्लो समय आइफ्लिक्सले नेपाली फिल्म पनि हेर्ने सुविधा प्रदान गरेको छ । साइटमा शत्रु गते , प्रेम गीत २ जस्ता फिल्म पनि छन् । तर साइटमा फिल्म आइसकेपछी त्यो लिक हुने गरेको छ । आइफ्लिक्सले डाउनलोड गर्न नमिल्ने हरेक विधि अपनाएपनि स्क्रिन रेकर्डर वा भिडियो रेकर्डिङ गरेर फिल्महरु बाहिरिने गरेको छ ।

केहि समय अगाडी शत्रु गते फिल्म आइफ्लिक्समा अपलोड भए लगतै युट्युबमा आएको थियो तर पछी त्यो हट्यो । म्युजिक नेपालले कपिराइट क्लेम गरेपछि उक्त भिडियो डिसेबल भयो , तर त्यो भिडियो बाहिर छैन भन्न सकिन्न । फिल्म स्टोर गरिने साइट मार्फत नेपाली फिल्मका मेकरले राम्रो पैसा त पाएका छन् तर ति अझै सुरक्षित भने छैनन् । केहि समय आगाडी रिलिज गरिएको ए मेरो हजुर २ , म यस्तो गीत गाउछ होस् या प्रेम गीत २ फिल्म युट्युबमा छिटो आउनुको कारण भने फिल्म लिक हुनु नै हो ।

कमेन्ट गर्नुहोस्