मिलनले लेखे ‘बीर विक्रम २ अन्तिम फिल्म’

फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बीर विक्रम २’ का निर्माता तथा निर्देशक मिलन चाम्सले यो फिल्म आफ्नो अन्तिम फिल्म रहेको जनाएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै यस्तो जनाएका हुन् । फिल्म प्रमोसनको अन्तर्वार्ताकै क्रममा पनि उनले यस क्षेत्रको वेथितिले बेलाबखतमा आफुलाई निराश बनाउने गरेको बताउदै आएका थिए ।

केहि दिन अगाडीकै कुराकानीको क्रममा पनि उनले नि:स्वार्थ रुपमा फिल्म बनाउने सोच लिएर आउँदा कहिँ कतैबाट सहयोग नपाउने उल्टै खुट्टा तान्ने मान्छे धेरै रहेको बताएका थिए । ‘फिल्म बनाउछु भन्नेलाई यसक्षेत्रले प्रोत्साहन गर्न सक्नु पर्ने तर हामी कहाँ त्यस्तो अवस्था छैन’ उनले बताए । फेसबुकमा वीर विक्रम २ आफ्नो अन्तिम लेखेपछि मिलनका शुभचिन्तकले फेसबुकमा प्रतिक्रिया दिईरहेका छन् । फिल्म ‘बीर विक्रम २’ मा पल शाह , नाजिर हुसेन , बुद्धि तामाङ र वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् ।

युवा पुस्ताको प्रेम कथालाई मुख्य विषय बनाइएको फिल्ममा बिनिशा भण्डारी , शिशिर राणा , मनिष लिम्बु लगायतको पनि अभिनय रहनेछ । फिल्ममा चाम्स इन्टरटेनमेन्टसँगै लण्डन सिने आई प्रोडक्सनको संयुक्त प्रस्तुतीमा निर्माण भएको हो । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई हिमाली क्षेत्रको रमणीय दृश्यमा सुदीप बरालले खिचेका छन् । फिल्ममा हिमाल केसीको द्वन्द रहेको छ भने भने यसमा सह निर्माताको रुपमा अर्पण सापकोटा रहेका छन् । फिल्मलाइ सुनिल मानन्धरको वितरण कम्पनि श्रीराम बालाजी फिल्म्सले अल नेपाल वितरण गर्दैछ ।

Facebook Comments