अनमोल भन्छन् ‘मेरो प्रतिष्पर्धा नेपाली फिल्मसँग छैन’

फिल्म । प्रतिक्षित फिल्म ‘क्याप्टेन’ को ट्रेलर सार्वजानिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजानिक गरिएको ट्रेलरमा अनमोल केसीले फुटवलर बन्न गरेको संघर्षलाई देखाइएको छ । संवत अनमोल पहिलो पटक गरिवको भूमिकामा छन् । उनले फुटवलर बन्ने गरेको संघर्ष र सफताको कथा नै क्याप्टेन हो । ट्रेलर रिलिज कार्यक्रममा निर्देशक दीपाश्री निरौला , झरना थापा , कलाकार किरण केसी , निरुता सिंह लगायतको उपस्थिति रहेको थियो ।

फिल्मको ट्रेलर अधिकाँसलाई अटाइएको छ । फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको एक युवकको जीवनमा आउने अनेकन उतारचढावलाई ट्रेलरमा देखाइएको छ । निशानको क्यारेक्टरमा रहेका अनमोलले आफुले फुटवललाई निरन्तरता दिने बताए । ‘फुटवलले स्वास्थ्य पनि राम्रो हुन्छ त्यसैले फिल्मकै लागि सुरुवात गरेपनि यसलाई निरन्तरता दिन्छु’ अनमोल भन्छन् ‘फिल्मले हामीलाई एक आपसमा मजबुत बनाउछ ।’ फिल्मको ट्रेलरले पनि दर्शकको साथ् निकै राम्रो पाएको छ , जसलाई साहिल खानले तयार पारेका हुन् ।

फिल्ममा अनमोलसँगै सुनिल थापा , सरोज खनाल , प्रशान्त ताम्राकार , विल्सन विक्रम राई , राजाराम पौडेल लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यु गर्दैछन् । भुवन केसीको निर्माण रहेको फिल्ममा दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ । यसमा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको डिओपी , नवराज उप्रेतीको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पादन , चन्द्र पन्तको द्वन्द रहेको छ ।

तस्वीरहरु आर्यन बिमली
कमेन्ट गर्नुहोस्