फिल्म । हरर थ्रिलर कथामा ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै यसको प्रदर्शन घोषणा गरिएको छ । प्रस्तुतकर्ता अरुण चक्रवर्तीको अनुसार पौष महिनामा रिलिज हुनेछ ।
एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । नेपालमा हरर जनराको बढिरहेको दर्शकले फिल्मले बढाउने विश्वास निर्माण पक्षको छ । मार्ना जेम्स र यश सैनीले संयुक्त निर्देशन रहेको फिल्ममा रिञ्जु केसीले लगानीमा साझेदारी गरेकी छिन् ।
कमेन्ट गर्नुहोस्











