दर्शकसँग साक्षात्कार गर्दै सौगात

फिल्म । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को प्रचारका लागि अभिनेता सौगात मल्ल मोफसल यात्रामा निस्किएका छन् । उक्त क्रममा सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता मल्लले समाजमा प्राय नभनिने कथामा फिल्म तयार भएको जानकारी दिए ।

‘यसले भन्ने कथाले हामीलाई समाजको विकृतिका बारे पनि अवगत गराउने छ । यद्यपि यो पूर्ण मनोरन्जनात्मक फिल्म हो । यसको लागि सम्पूर्ण टिमले नै उही स्प्रिटमा मेहनत गरेको छ’, अभिनेता मल्लले भने । प्रदर्शन नजिकिदै गर्दा अभिनेता मल्ल तराई मधेशमा भेटघाट गरिरहेका छन् ।

सौगातसँगै रहेका बेन बस्नेतले फिल्म हेर्दा आनन्द लाग्ने र पुर्ण कमर्शियल बनेकोले दर्शकको पैसा र समयको सदुपयोग हुने बताए । फिल्ममा प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा र भाष्कर स्वाँरको ब्याकग्राउन्ड म्यूजिक तथा एसडी योगीको संगीत छ ।

कमेन्ट गर्नुहोस्