हिमाल सागरले ल्याए ‘ए होर माया’ (भिडियो)

संगीत । गायक हिमाल सागरले आफ्नो नयाँ गीत ए होर माया…दर्शकमाझ ल्याएका छन् । करिब एक वर्षपछि उनी यो गीतका साथ श्रोतामाझ फर्किएका हुन् । सार्वजनिक गीत लोक पप शैलीको रहेको छ । पछिल्लो समय लजालु मायाँलुं…गीतबाट निकै भाइरल भएकी अनु चौधरीले गीत गीतमा हिमाल सागरलाई स्वरमा साथ दिएकी छिन् ।

यो गीतलाई मोडल विमल अधिकारीले लेखेका हुन् । गीतमा संगीत पनि विमलले नै सृजना गरेका हुन् । जसमा संगीत संयोजन कमल सौरागको छ । यो गीतको भिडियोमा विमल अधिकारीसँगै सनिशा भट्टराईले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् । जसमा विकाश ज्ञवालीको सम्पादन छ । भिडियोको निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्