‘जिरो’ मा स्व. श्रीदेवी पनि ?

बलिउड । शाहरुख खान अभिनित फिल्म ‘जिरो’ को रिलिज मिति जति नजिकिदैछ , उनले फ्यानलाई सरप्राइज दिईरहेका छन् । फिल्ममा सलमान खान एक गीत सहित केहि सिनमा छन् भने तथ्य बाहिर आइसकेको छ । रिलिजको लागि तिन साताको समय बाकि रहदा फिल्ममा गेस्ट रोलमा स्वर्गीय अभिनेत्री श्रीदेवी रहेको तथ्य बाहिर आएको छ ।

शाहरुखले उनलाई फिल्ममा अभिनय गराएका थिए तर उनको असयामिक निधन पछी जिरो टिमले यसलाई बाहिर ल्याएको थिएन । फिल्ममा उनि एक पार्टीमा देखिन्छिन र त्यसपछी गीतमा । श्रीदेवीसँगै गीतमा करिष्मा कपूर र आलिया भट्ट पनि देखिनेछिन ।

यसगीतलाई निर्माण पक्षले रिलिज अगाडी सार्वजनिक नगर्ने सोच बनाएको छ । फिल्मलाई दर्शकले हलमै हेर्न पाउनेछन् भने रिलिजपछी यसलाई निर्माण पक्षले सार्वजनिक गर्नेछ । यस फिल्मलाईआनन्द एल रायले निर्देशन गरेकाछन । फिल्ममा शाहरुखको अपोजिटमा अनुष्का शर्मा र कट्रिना कैफ छिन् ।

कमेन्ट गर्नुहोस्