दर्शकले मन पराए ‘फेरि जालमा’

फिल्म । गीत त्यसै हिट हुँदैन । गीत हिट हुन क्याची मेलोडी चाहिन्छ । ताकी लयले स्रोतालाई गुनगुनाउन प्रेरित गर्छ । शब्द एकदुई पटक सुन्दै कण्ठ हुने सरल हुनुपर्छ । अनि मात्रै गीत हिट हुन्छ । यस्तै गीत हो, फेरि जालमा । यो गीत रिलिज हुबित्तिकै ट्रेन्डिङमा प्रवेश गर्यो । अहिले ट्रेडिङको उकालो यात्रामा छ । गीत दर्शक तथा स्रोताले मन पराइरहेका छन् । ‘फेरि रेशम फिलिलि’ सिनेमाको यो गीतमा कालीप्रसाद बास्कोटाको संगीत र स्वर छ ।

काली जसले नेपाली सिनेमा उद्योगलाई सर्वकालीन हिट गीत दिएका छन् । नेपाली सिनेमाको संगीतमा माइलस्टोन खडा गर्ने संगीतकार हुन् । कालीलाई यो गीतमा सोमिया बराइलीले स्वरमा साथ दएकी छन् । मानस राजको शब्द छ ।

यो गीतलाई अहिले दर्शक तथा स्रोताले मनपराइरहेका छन् । भनिरहेका छन्, अर्को राम्रो गीत । गीत मन पराएर स्रोताले सिनेमा ‘फेरि रेशम फिलिलि’लाई सफलताको शुभकामना दिइरहेका छन् । भिडियोको स्क्रिन प्लेको पनि तारिफ भइरहेको छ । कालीको स्वर र संगीतमा जादु रहेको भन्दै हलमा चलचित्रले पनि जादु चलाउनेमा धेरैले अपेक्षा गर्दै शुभकामना दिइरहेका छन् ।

यो गीत करिब दश वर्ष अघिको भारइल गीत ‘जालमा’लाई रि-क्रियट गरिएको हो । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।

सिनेमामा विनय, सुपुष्प, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।

कमेन्ट गर्नुहोस्