फिल्म निर्देशनको तयारीमा निश्चल

फिल्म । निश्चल बस्नेत यस्ता फिल्मकर्मी हुन् जसले डेब्यु निर्देशकीय फिल्म ‘लूट’ मार्फत नै आफुलाई स्थापित बनाए । नेपाली फिल्ममा ट्रेण्ड सेटर्सको उपाधि समेत पाएका निश्चललाई लिएर त्यसपछी धेरै अपेक्षा बढ्यो । उनको नाम जोडिन फिल्मलाई महत्वका साथ हेर्न थालियो । तर , त्यसपछि आएका टलक जंग भर्सेस टुल्के र लूट २ ले दर्शकको त्यो अपेक्षा पुरा गर्न सक्ने ।

दर्शक मात्र हैन फिल्मकर्मीले पनि एक किसिमको अपेक्षा लिएका थिए जसलाई उनको कामले बढाउँन सकेन । निश्चल आफैले लूटको सिक्वेल राम्रो बनाउन नसकेको स्वीकारे । त्यसपछी उनि फिल्म निर्देशनमा आएका छैनन् । उनि गायन , नृत्य र अभिनयसँगै निर्माणमा व्यस्त छन् । तर , उनलाई दर्शक माँझ परिचित गराउने विधा निर्देशनलाई उनले केहि समय रोकेका छन् ।

‘कथा र त्यसपछि स्क्रिप्ट राम्रो नपाएसम्म निर्देशन नगर्ने सोच मैले बनाएको छु’ निश्चलले भने । उनि ‘फाइन स्क्रिप्ट’ को पर्खाइमा छन् । गत फागुन १ देखि चलेको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलको ‘टेलिङ अ लोकल स्टोरी टु अ ग्लोबल अडियन्स’ सेसनमा सहभागी निश्चलले निर्देशनको संख्या बढाउने सोचमा आफु नरहेको बताए । ‘हामीले अब स्क्रिप्टमै मेहनत गरेर मात्र फिल्म गर्ने निर्णय लिनु पर्छ’ उनले भने ,’स्क्रिप्ट फाइन नपाएसम्म फिल्म सुरु गरेर किन हैरानी खेप्ने ?’

त्यसो त उनले पछिल्लो समय बुद्धिसागरलाई लिएर एक फिल्मको तयारी गरिरहेका हुन् । बुद्धिसागरको लेखन रहने फिल्ममा ‘ट्राभल स्टोरी’ रहने समेत बुझिएको छ । निश्चल अब दर्शकलाई त्यहि पुरानो कन्टेन दिन तयार छैनन् । उनि नवीनताको प्रयासमा छन् । ‘एउटा निर्देशक झन्डै तिन वर्ष देखि आफुलाई मन पर्ने विधाबाट टाढा छ तर यसको मतलव उ हराएको छैन , तयारीमा छ’ निश्चलले भने ।

कमेन्ट गर्नुहोस्