‘ऊनको स्वीटर’ हेरेपछि मनिषाले गरिन् तारिफ

फिल्म । सफलतापुर्वक प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकसँगै सेलिब्रेटीको पनि मन जितेको छ । बुधवार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष शोमा कलाकर्मी, राजनीतिक, कानुनी र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति देखियो ।

विशेष शोमा अभिनेत्री मनिषा कोइराला, क्याप्टेन विजय लामा, नाजिर हुसेन, गायक राजेश पायल राई, आनन्द कार्की, संविधानविद् डा. भीमार्जुन आचार्य, नेतृ नबिना लामा, डा. लोचन रिजाल, पत्रकार दिलभुषण पाठक र अमन प्रताप अधिकारीले फिल्म हेरेर प्रसंशा गरे । उनीहरूले ‘ऊनको स्वीटर’ले नेपाली समाजको विविधता, प्रेम र परम्परालाई संवेदनशील ढङ्गले प्रस्तुत गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

‘ऊनको स्वीटर हेरेँ । कति सुन्दर र मन छुने प्रेमकथा ! जातीय सीमाहरू पार गरेर गरिने माया, सांस्कृतिक विविधताको जीवन्त प्रस्तुति, आत्मा छुने सङ्गीत अनि सशक्त अभिनयले यो फिल्म अविस्मरणीय बनाएको छ । हामी हाँस्यौँ, रोयौँ, र नेपालभित्रको विविध आत्माको सुन्दरता अनुभव गर्‍यौँ’, मनिषाले प्रतिक्रिया दिईन् ।

गायक राजेश पायल राईले फिल्म अत्यन्त मीठो बनेको बताए । उनले भने, ‘निर्देशकको काम उत्कृष्ट छ भने कलाकारहरुको अभिनय उल्लेखनीय छ । यस्ता सुगन्धित फूलजस्ता प्रेमकथाले नेपाली फिल्म उद्योगमा गर्व गर्न लायक काम हुँदैछ ।’

अभिनेता तथा पाइलट विजय लामाले कथा र निर्देशनको प्रशंसा गर्दै दर्शकलाई हलमै गएर अनुभव गर्न आग्रह गरे । ‘यसका निर्देशक अमेजिङ स्टोरीटेलर हुन् । फरक ढङ्गको अर्ग्यानिक कथा बोकेको यो फिल्म सहरमा बस्ने हाम्रा लागि अनिवार्य हेर्नु पर्ने बनेको छ’, उनले भने ।

नवीन चौहानले निर्देशन गरेको ‘ऊनको स्वीटर’मा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्