फिल्म । बलिउड निर्देशक अलि अब्बास जफर पछिल्लो समय एक्सन फिल्म बनाउन माहिर मानिन्छन । सुल्तान र टाइगर जिन्दा है निर्देशक गरेका अलिले भारत फिल्ममा भने सफलता पाउन सकेनन् । शहिद कपूरसँग ब्लडी ड्याडीको छायांकनमा रहेका अलिले नेक्स्ट फिल्ममा अक्षय कुमार र टाइगर श्राफलाई कास्ट गर्ने भएका छन् । उनले दुवै कलाकारसँग फिल्मको स्क्रिप्टको बारेमा छलफल समेत गरिसकेका छन् ।
पछिल्लो समय ऋतिक रोशनसँग ‘वार’ मा देखिएका टाइगर अक्षयसँग देखिने कुराले उत्साहित छन् । बलिउडका फिट एक्टर मानिने अक्षय र टाइगरलाई लिएर एक्सन कमेडी जनरको फिल्म दर्शक समक्ष ल्याउने तयारीमा जुटेका छन् , अलि । तीन सय करोड बजेट अनुमानित गरिएको फिल्ममा अन्य कलाकार को-को रहने भन्ने विषयमा केहि खबर छैन । ज्याकी भग्नान्नीको निर्माणमा बन्ने फिल्मको वार्किंग टाइटल ‘बडे मियाँ छोटे मियाँ’ राखिएको छ ।
सन् १९९८ मा रिलिज भएको अमिताभ बच्चन , गोविन्दा अभिनित ‘बडे मियाँ छोटे मियाँ’ ले राम्रो कमाइ गरेको थियो । फिल्मलाई ज्याकीकै होम प्रोडक्सनमा बनेको फिल्मलाई उनकै पिता वाशु भग्नानीले निर्माण गरेका थिए । पछिल्लो समय अक्षयले ज्याकीसँग ‘बेल बटम’ मा काम गरिसकेका छन् । अलिले अक्षय र टाइगरलाई फिल्ममा ल्याउने न्युज बाहिर आएसँगै उनका फ्यानहरु उत्साहित छन् ।










