फिल्म । नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘कृष्णलीला’को छायांकन ४४ दिनमा सकिएको निर्माणपक्षले बताएको छ । दीपक ओलीको निर्देशनमा तयार भएको फिल्मको छायांकन झापा, इलाम र कोशी ब्यारेजमा गरिएको छ ।
लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्रीको साथमा वुद्दि तामाङ, रविनद्र झा लगायतका कलाकारको अभिनय छ । रोहित कट्टेल, रत्न तामाङ, प्रकाश कार्की र केवल तामाङ लगानीकर्ता रहेको फिल्मको प्रदर्शन मिती भए तय भएको छैन ।
कमेन्ट गर्नुहोस्










