फेरियो राजकुमारको फिल्मको नाम

6 Shares

फिल्म । बलिउडमा पछिल्लो समय राम्रो अभिनय गर्ने अभिनेतामा पर्ने राजकुमार राव अभिनित फिल्म ‘तुर्रम खाँ’ को नाम परिवर्तन भएको छ । आउँदो जनवरी ३१ मा रिलिज हुने फिल्मको नाम ‘छलाङ्ग’ रखिएको छ । अजय देवगनको निर्माण रहेको फिल्मलाई हंसल मेहताले निर्देशन गरेका हुन् । फिल्मको नाम खोज्दै गरेको टिमले अन्तिममा परिवर्तन गर्ने निर्णय लिएको हो ।

सोसल ड्रामा फिल्ममा राजकुमारसंगै नुसरत वारुचा , मोहम्मद जीशान अय्यूब लगायत मुख्य भूमिकामा छन् । पछिल्लो समय बलिउडमा बनिरहेको इस्यु बेस्ड फिल्ममा यो पनि पर्ने निर्माताले बताएका छन् । ‘राम्रो कन्सेप्ट लागेर निर्माण गरेको हु’ निर्मत मध्यका एक अजय देवगनले भने । उनले आफु फिट नभए पनि स्क्रिप्ट राम्रो पाएमा लगानी गर्ने बताए । फिल्मका निर्देशन हंसलले यस अगाडी नै राजकुमारसंग सिटीलाइट्स , शहिद , ओमेर्टो लगायतका फिल्ममा काम गरिसकेका छन् । यसैगरी राजकुमार र नुसरतले पनि’लव सेक्स और धोखा’ मा संगै काम गरिसकेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्