यसकारण पाइन् साराले ‘सिम्बा’

फिल्म । बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन साराअलि खान । अभिनेता सैफअलि खान र अभिनेत्री अमृता सिंहको छोरी साराले आफुलाई बलिउडमा स्थापित बनाइसकिन् । फ्रेस अनुहार भएकोले पनि सारा यतिबेला नोटिसमा परिन । उनले डेब्यु गरेको फिल्म ‘केदारनाथ’ मार्फत नै उनले अभिनयको जादु छरिन भने दोस्रो फिल्म ‘सिम्बा’ मा पनि उनि नोटिस भइन । तर उनलाई बलिउडमा फिल्म कसरि प्राप्त भयो त ? यो भने धेरैलाई थाहा नहुन सक्छ ।

उनि सैफको छोरी भएकै कारण उनलाई डेब्यु गर्न अप्ठेरो भएन भन्ने धेरैको अनुमान छ तर त्यस्तो होइन । साराले बलिउडमा आफुलाई आफ्नै मेहनतबाट ल्याएकी हुन् । एक अन्तर्वार्ताको क्रममा उनले कसरि फिल्म सिम्बा पाइन् , भन्ने जानकारी रोहितले गराएक छन् । ‘एकदिन साराको फोन आयो र उनले मलाइ भेट्ने आग्रह गरिन अनि मैले उनलाई अफिसमा बोलाए’ रोहितले सारासँगको पहिलो भेट सम्झिदै भने ‘उनले मलाइ बलिउडमा चान्स दिन आग्रह गरिन , उनको प्यासन देखेर मैले नाइँ भन्न सकिन ।’

रोहितले उनलाई फिल्म सैफ या अमृताको आग्रहमा फिल्म नदिएको प्रस्ट्याए । ‘साराको विषयलाई लिएर सैफ र अमृता दुबैले केहि भनेनन् तर यिनमा प्रतिभाछ यिनी स्थापित हुन्छिन’ उनले साराको प्रसंसा गर्दै भने । सन् २०१८को अन्त्यमा उदाएकी साराले बलिउडमा आफु जादु गरिसकेकी छिन । उनलाई नयाँ फिल्मको प्रसस्तै अफर आइरहेको भारतीय मिडियामा उल्लेख छ । रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्