मुद्दा दायर गर्ने तयारीमा रिया ?

फिल्म । गएको जुन १४ मा मृत्यु भएका अभिनेता सुशान्त सिंह राजपुतको घटनालाई सीबीआईले छानविन गरिरहेको छ । मुम्बई पुलिस र बिहार पुलिसले आफ्नो तरिकाले छानविन गरिरहदा यो घटना सीबीआईलाई जिम्मा लगाईएको थियो । किनकी मुम्बई पुलिसले घटनालाई राम्रोसँग छानविन नगरेको आरोप स्वर्गीय सुशान्तको परिवारले लगाईरहेका थिए ।

पछिल्लो समय भारतीय मिडियामा आइरहेको रिपोर्टलाई हेर्ने हो भने सुशान्तको हत्या हो कि आत्महत्या ? भन्ने प्रश्न खडा भईसकेको छ । यसैबीच सिबिआइले यो घटनालाई अब हत्याको नजरले नभई आत्महत्याको कोणबाट केलाउने भएको छ । हत्याको कुनै संकेत नदेखिएपछी आत्महत्याबाट घटनाको छानविन गर्न थालिसकेको भारतीय मिडियाले पछिल्लो खबरमा जनाएका छन् ।

सुशान्तको परिवारले उनकी प्रेमिका रिया चक्रवतीलाई आरोप लगाउदै आइरहेका थिए । सुशान्तको परिवारले रिया विरुद्ध जालसाजी र आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् । जाँचको एंगल मोडिएसँगै रियाले सुशान्तको परिवारलाई मानहानीको मुद्दा लगाउने तयारी थालेकी छिन् । भारतीय मिडियाका अनुसार रियाको संलग्नता कम देखिदै गएको सिबिआईले देख्दै गएपछि रियाले मुद्दा दायर गर्ने तयारी थालेकी छिन् । (एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्