‘परिवार जोडिदा दुख लागेको थियो’ वर्षा

350 Shares

फिल्म । केही दिन अगाडि अष्ट्रेलियामा भएको ‘जात्रै जात्रा’को विशेष शोमा पुग्दा नायिका वर्षा राउतले लगाएको पहिरनको खुबै चर्चा भयो । क्लिभेज देखिएको पहिरनमा नायिका राउत शो मा पुग्दा उनको चर्चा मात्र भएन , ट्रोल पनि बन्यो । ट्रोल बनिरहदा वर्षालाई समर्थन गर्ने र विरोध गर्ने देखिए पनि उनले केहि बोलिनन् ।

यिनै वर्षाले राजधानीमा आयोजित विशेष शो मा भने उक्त कुराको जवाफ दिन आफूलाई आवश्यक नरहेको बताएकी छिन् । ‘मलाई त्यो पहिरन लगाउँदा सहज भयो । मेरो वरिपरीका मानिस, मेरो परिवार, मेरा दर्शकलाई कुनै समस्या छैन भने यसको जवाफ दिन म आवश्यक ठान्दिनँ ।’ उनले भनिन् ।

तर उनले यसमा परिवार नै जोदिदा भने दुखित भएको बताइन । ट्रोलमा श्रीमान् संजोग कोइरालादेखि आफ्नो ममी ड्याडी पनि जोडिएकाले केही दिन आफूलाई थोरै समस्या भएको उनले तर्क गरिन् । विशेष शो मा निर्देशक प्रदीप भट्टराईले वर्षालाई माया गर्नेले आफ्नो दृष्टिकोण बनाएकोले विरोध र समर्थन गरेको बताएका थिए ।

Facebook Comments