पलको ‘माया’ ?

फिल्म । पल शाह र आँचल शर्मालाई ‘आप’ जोडी पनि भनिन्छ । किनकी यी दुइले म्युजिक भिडियोमै आफुलाई स्थापित गरेपछि ‘नाई नभन्नु ल ४’ मार्फत एकसाथ डेब्यु गरे । ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा पनि सँगै काम गरेका यी आप जोडीको प्रेमको चर्चा चल्नु स्वाभाविक नै हो । यी दुइ प्रेममा रहेको चर्चा चल्यो ।

किनकी प्राय इभेन्टमा यी दुइ सँगै देखिन्थे । तर केहि समय अगाडीबाट यी दुइको ब्रेकअप भएको खबर विभिन्न मिडियामा आयो । ब्रेकअपको खबरसँगै आँचल डाक्टर उदीप श्रेष्ठसँग प्रेममा रहेको खबर पनि चल्यो । आँचलले आफ्नो सामाजिक सञ्जालमा उदीपलाई चिनाउन थालिन् । उनि ‘निर्धक्क’ साथ् मिस गरेको उल्लेख गर्न थालिन् । त्यसपछि पलको फ्यानले भनौ वा यो जोडीलाई सँगै हेर्न चाहनेले आँचललाई गालीगलौज गर्न थाले । आँचलले सामाजिक सञ्जाल मार्फत नै यसमा आक्रोश जनाइन् । तर , पल मौन थिए ।

अन्तत उनले पनि सामाजिक सञ्जाल मार्फत त्यस्तो नगर्न आग्रह गरेका छन् । ‘मेरो शुभचिन्तकहरुले लगातार प्रश्न गरिरहनुभएको छ, आज स्पष्ट पार्न चाहन्छु । आँचल र म सधैं राम्रो साथि थियौं र रहने छौं । सबै अफवाह थियो । केही दिनदेखि सामाजिक सञ्जालमा आँचल जीलाई गाली-गलौज गरेको देखिरहेको छु, त्यसै उहाँको नयाँ जीवन र हाम्रो मित्रतालाई गलत बुझेर सामाजिक सञ्जालमा उहाँलाई गाली नगरिदिनुहोला’, उनले लेखेका छन् । आँचलसँग साथीभन्दा माथिको सम्बन्ध नभएको उनको भनाई छ ।

उनी अगाडि लेख्छन्, ‘उहाँको नयाँ जीवनको खबरलाई मसँग जोडेर सामाजिक सञ्जालमा कमेन्ट नगरिदिनुहोला । साथि हौं त्यो भन्दा माथि केही थिएन । म आफ्नो करियरमा फोकस छु । तपाईंहरुलाई हरेक पटक राम्रो चलचित्र दिने मेरो प्रयासमा हजुरहरुको यस्तो मायाको सधैं अपेक्षा गर्दछु । आँप जोडी थियौं छौं र रहनेछौ ।’ पलले आँचलको व्यक्तिगत जीवनको विषयमा आफूलाई नजोडिदिन शुभचिन्तकसँग आग्रह गरेका छन् । सधै आँचलको सपोर्टमा देखिने पलको मनमा माया त कतै न कतै छ नै । किनकी जब जब आँचल विवादमा पर्छिन् वा उनलाई गाह्रो पर्छ , पलले साथ् दिन्छन नै ।

कमेन्ट गर्नुहोस्