‘पसार’ बाट अलग्गिए माधव

फिल्म । निर्माता माधव वाग्लेले आफ्नो निर्माण र निर्देशनमा फिल्म ‘पारस : द अनलक्की म्यान’ बनाउने घोषणा गरेका थिए । निश्चल बस्नेतको नाम अगाडी आएको फिल्ममा अनमोल केसी शिर्ष भूमिका अनुबन्धित भएको खबर गत वर्षनै सार्वजनिक भयो । अनमोलले फिल्म गर्ने सहमति जनाएपछी फिल्म दि सुपर काजोल फिल्म्सको व्यानरमा निर्माण हुने भयो र फिल्मलाई भुवन केसीले निर्माण गर्ने भए । फिल्ममा वाग्लेको भूमिका निर्देशकको मात्र रहयो ।

तर , यतिबेला फिल्मको निर्देशनबाट वाग्ले अलग भएका छन् । निर्माता भुवन केसीलाई फिल्मको सम्पूर्ण स्वामित्व सुम्पिएर उनी अलग भएका हुन् । उनि फिल्मबाट अलग हुनुको कारण भने कथा रहेको छ । ‘ प्रदीप भारद्धाजको स्क्रिप्टलाई मैले पटकथा र संवाद लेखेर लक गरेको थिएँ । तर, त्यसमा उनीहरुले कथा परिवर्तन गरेपछि मैले सहमतिमै छाडेको हुँ’ वाग्लेले भने ।

फिल्मसँग आधिकारिक रुपमा वाग्ले छुटिएसँगै फिल्मलाई सिमोश सुनवारले निर्देशन गर्ने चर्चा चलेको छ । पछिल्लो समय फिल्म ‘झ्यानाकुटी’ निर्देशक गरेका सुनुवारले फिल्मको काम अगाडी बढाएको समेत बताईएको छ । यद्दपी यसबारे भुवनले आधिकारिक रुपमा केहि बोलेका छैनन् । यस फिल्म मार्फत फिल्मनगरीमा आग्या करनजीतले डेब्यु गर्ने चर्चा पनि केहि दिन यता चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्