‘लप्पन छप्पन २’ पोस्टरमा सौगात र अर्पण

फिल्म । छायाँकनरत फिल्म ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुक पोस्टरमा अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा फिचर्ड छन् । यी दुइको लुक्समा फरकपन देख्न सकिन्छ । अभिनेता अर्पणको हेयर स्टाइलले ध्यान खिच्न सक्छ । पोस्टरको पृष्ठभूमिमा फिल्मका केही कलाकारहरु फ्रान्सको पेरिसस्थित आइफिल टावरतर्फ हेर्दै गरेको देख्न सकिन्छ ।

फिल्मका निर्देशक मुकुन्द भट्ट हुन् । अघिल्लो पार्ट पनि उनले नै निर्देशन गरेका थिए । फिल्ममा सौगातको पिताको भूमिका अभिनेता शिव श्रेष्ठले निभाएका छन् । फिल्ममा सौगात र अर्पणसँगै दयाहाङ राई, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय छ । पुरुषोत्तम प्रधान छायाँकार रहेको फिल्मलार्ई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन्

कमेन्ट गर्नुहोस्