अलिसासँग टिकटक बनाउँदा पुरस्कार पाइने

संगीत । नायिका तथा मोडेल अलिशा शर्मा एजुकेसन एण्ड माइग्रेसन कर्नरसंग जोडिने भएकी छिन । युवापुस्ता माँझ अलिशाको रहेको क्रेजलाई मुल्यांकन गर्दै एजुकेसन एण्ड माइग्रेसन कर्नरले ‘इएमसी टिकटक डान्स डुयट च्यालेन्ज विथ अलिसा’ शुरू गरेको छ । पछिल्लो समय टिकटकलाइ प्रतिभा देखाउने स्थानको रुपमा लिइने गरिन्छ ।

पछिल्लो समय टिकटकमा नेपालीहरुले पनि आफ्नो फरक शैलीको भिडियो प्रस्तुत गर्ने गरेका छन् । केहि टिकटक हुँदै भिडियोसम्म पनि आइपुगेका छन् । यसलाई एउटा पुलको रुपमा पनि लिन थालिएको छ । ‘हामीले विद्यार्थीहरुलाई क्षमता र दक्षता प्रस्तुत गर्ने माहोल तयार गर्न खोजेका हौ’ कर्नरका प्रमुख सुनिल उप्रेतीले बताए ।

नृत्य प्रतिस्पर्धामा पहिले अलिसाले एउटा सजिलो नृत्य गरेर ह्यासट्याग ऐजुकेसन एण्ड माइग्रेसन कर्नर ह्यासट्याग इ एम सी डुयट च्यालेन्ज लेखेर टिकटकमा हालेर पोस्ट गर्ने छिन । र , यसलाई विद्यार्थीहरुले अलिशासँग ह्यासट्याग राखेर ड्युट गर्न सक्नेछन् । यसमा लोकप्रिय हुने भिडियो विजेता बन्नेछ । सन २०२० सेप्टेम्बर ७ देखी २०२० अक्टोबर ६ सम्म यस प्रतियोगितामा सहभागिता जनाउनु पाइनेछ । यसमा विजेताले हुनेले २५ हजार नेपाली नगद प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्