सही टिम र पटकथाले फिल्ममा ल्यायो : समीर

फिल्म । गायकका रुपमा परिचित समीर श्रेष्ठ आफ्नो परिचयमा अभिनेताको पहिचान स्थापित गर्न खोज्दैछन् । आफ्नो गीतको भिडिओमा समेत मोडलिङ गरिरहेका समीर ठूलो पर्दामा ‘रमिताको पिरती’ मार्फत डेब्यु गर्दैछन् । गायनमा व्यस्त भएको समय नै उनले अभिनेता बन्न रोजे । उनले आफूले अभिनय गर्ने सोचमा रहेको र सही समयको पर्खाइमा रहेको बताए ।

‘मैले अभिनय गर्ने सोच बनाएको थिएँ । तर, सही समय र पटकथा पाउन सकेकी थिइन् । मलाई फिल प्रस्ताव आउँदा पहिलो कुरा टिम कम्फर्ट लाग्यो अनि विषयवस्तु पनि मैले रिलेट गर्न सकें । सबै कुरा मिलेपछि राइट टाइम आयो जस्तो लाग्यो, त्यसैले मैले अभिनय गर्न अगाडि बढे’, समीरले भने ।

उनले गायकको रूपमा पाइरहेको माया अब नव अभिनेताको पहिचानमा पनि पाउने विश्वास व्यक्त गरे । ‘मलाई गायनमा झैँ अभिनयमा पनि माया दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । नयाँ छु, सिक्दै र बुझ्दै आफूलाई परिपक्क बनाउने छु’, उनले भने । सुदिप्ताको निर्देशनमा बनेको फिल्मका निर्माता सागर लम्साल हुन् । फिल्ममा समीरसँगै आना शर्मा, धिरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारको अभिनय रहेको छ ।

सुदिप्ताकै लेखनमा तयार भएको फिल्ममा शिशिर विशंखेको छायांकन, सुनिल सिवाकोटीको सम्पादन र कृतिका बरालको कोरियोग्राफी छ । फिल्मका कार्यकारी निर्माता आना शर्मा र सन्तोष लम्साल हुन् भने आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रूपमा रहेका छन् । फिल्मको संगीतमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको योगदान रहेको छ ।

कमेन्ट गर्नुहोस्