फेरबदलका कारण ‘सिजन २’

टिभी । अन्तत: टेलिभिजन शो ‘मुन्द्रेको कमेडी कल्ब’ पुनः सुचारु हुने भएको छ । कोरोना भाइरसको कारणले सिर्जित अवस्थाको कारण रोकिएको शोलाई अब सिजन २ को रुपमा निर्माण टिमले सूरु गर्न लागेको हो । सोमबारबाट पहिलेकै समयमा शो हेर्न पाइने निर्माण पक्षले जनाएको छ । कलाकार जीतु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ स्वास्थ्य सुरक्षा अपनाएर ४ भागको छायांकन पूरा भइसकेको छ । जसको प्रशारण क्रमसः हुँदै जानेछ । पहिलो सिजनमा कमेडी क्लबको अध्यक्षमा दीपाश्री निरौला थिइन् । तर, दोस्रो सिजनमा अध्यक्षको रुपमा अभिनेत्री करिश्मा मानन्धर देखिने छिन् । अन्य कलाकार भने सिजन १ कै हुनेछन् ।

विवादका कारण सिजन २

लकडाउनकै समयमा दीपाले एक अन्तर्वार्ताको क्रममा अभिनेता राजेश हमाललाई लिएर दिएको टिप्पणीको कारण उनि विवादमा आइन । यसैले गर्दा निर्माण टिमले सिजन २ भनेर शो सुरु गर्न लागेको बुझिएको छ । टिमसँग जोडिएका एक सदस्यले भने ,’लकडाउन खुल्ने वितिकै शो सुरु गर्ने सोच थियो । यद्दपी अध्यक्षको विषयले केहि दिन अगाडी मात्र छायांकन भयो ।’ शोमा करिश्माको प्रवेशलाई सहज बनाउन सिजन २ भनिएको समेत टिमका सदस्यले बताए । भारतीय कमेडियन कपिल शर्माले सञ्चालन गर्ने ‘द कपिल शर्मा शो’ मा पनि जज रहेका नवजोत सिंह ‘सिद्धु’ विवादमा आएपछि शो छोड्न बाध्य भएका थिए । अहिले उनको स्थानमा अर्चना पुरण सिंह छिन् ।

दीपाले दिईन् धन्यवाद

दीपाले आइतवार सामाजिक सञ्जाल फेसबुक मार्फत ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिरिजमा आफू नरहने जनाउदै पहिलो सिरिजमा अध्यक्षमा चुनेर रमाइलो कुर्सीमा बस्ने अवसर दिएकोमा जीतु नेपाललाई धन्यवाद दिएकी छन् । यसैगरी जीतुले पनि सामाजिक सञ्जाल मार्फत ‘सिजन २’ मा केहि नयाँ गर्ने उदेश्यले फेरबदल भएको जनाएका छन् । ‘हटाइको राखिएको भन्ने होइन । नयाँ सिजनमा नयाँ गरौँ भन्ने सोच हो । हाम्रो सहकार्य दीपा दिदीसँग आउँदो सिजनमा हुनसक्छ’ जीतुले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्