‘दाल भात तरकारी’ को रिलिज डेट पोष्टपोण्ड

फिल्म । सार्वजनिक पहिलो गीत ‘भिजिट भिसामा’ को कारण चर्चामा रहेको फिल्म ‘दाल भात तरकारी’ को रिलिज डेट हेरफेर भएको छ । निर्माण पक्षले फिल्मको रिलिज डेट एक हप्ता सारेका छन् । अर्थात् बैशाख १३ मा रिलिज हुने भनिएको फिल्म अब बैशाख २० मा रिलिज हुनेछ । प्राविधिक काम घोषित मितिमा नसकिने भएपछी रिलिज डेट सार्न बाध्य भएको डेब्यु निर्देशक सुदन केसीले बताएका छन् । निर्माण पक्षले आज दोस्रो गीत सार्वजानिक गर्दैछ । गीतमा हरिवंशकै शब्द रहेको छ भने यसलाई शम्भुजित बास्कोटाले संगीत दिएका छन् ।

यसमा राजेश पायल राई र स्मिता दाहालको स्वर रहेको छ । पोखराको रमणीय दृश्यमा छायाँकन गरिएको गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका हुन् । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , नीरुता सिंह , पुष्प खड्का , आँचल शर्मा, शिवहरी पौडेल , बसुन्धरा भुषाल , विल्सन विक्रम राई , वर्षा राउत लगायत मुख्य भूमिकामा छन् ।

Facebook Comments