‘दुई नम्बरी’ ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म । आउँदो असोज २१ मा प्रदर्शन हुने फिल्म ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ३ मिनेट १७ मिनेट लम्बाईको कमेडी शैलीमा तयार पारिएको ट्रेलर मित्रता र प्रेमको वरिपरी घुमेको छ । ट्रेलरमा मुख्य कलाकारहरु दयाहाङ राई , सौगात मल्ल , उगेन छोदेन , उपासना सिंह ठकुरी , पुस्कर गुरुङ , सरिता गिरी लगायतका कलाकारहरु फिचर्ड छन् ।

जंगलमा शिकार गरेर जीविकोपार्जन गरिरहेका दुई मित्रको कथा मार्फत फिल्म अगाडी बढेको छ । ‘यो फिल्मसँग म स्क्रिप्ट देखि नै जोडिएको छु । कथावस्तुसँग दर्शक सहजै जोडिनु हुन्छ’ दयाले भने । यो टिमसँग काम गर्न पाउँदा उगेनले खुसी व्यक्त गरिन् । ‘डेब्यु फिल्ममै यत्तिको टिम पाएँ । खुसी छु’ उनले भनिन् । उपासनाले पनि दया र सौगातसँग काम गर्न पाउँदा आफूले सिकिरहने बताइन । ‘मेरो त सौगात दाई क्रस नै हो अनि साथमा सोल्टी हुनहुन्छ । उहाँहरुसँग काम गर्दा मलाई गौरव फिल हुन्छ’ उनले भनिन् ।

निर्देशक दीपेन्द्र लामा रहेको फिल्ममा किरण नेपाली प्रस्तुतकर्ता रहेछन् भने राजीव गुरुङ, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको यस फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । बुद्धि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ लगायतको पनि अभिनय रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइवाको संगीत छ ।


कमेन्ट गर्नुहोस्