फिल्म । आउँदो भ्यालेन्टाइन डेमा रिलिज हुने तयारीमा रहेको फिल्म ‘लभ डायरीज’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीतमा मानस विक्रम थापाको शब्द, प्रविन पौडेलको संगीत र प्रताप दास/प्रविशा अधिकारीको स्वर रहेको छ । फिल्मका निर्देशक सौरभ चौधरीको कोरियोग्राफी रहेको गीतले अभिनेताद्वय सुशील श्रेष्ठ र विश्वजित रिमालको अभिनेत्री रुविना थापाप्रतिको प्रेमभाव बोल्छ ।
फिल्ममा सुशील, रुविना र विश्वजितसंगै बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा सञ्जय लामाको छायांकन छ । एसोसिएट निर्देशक साहिल खान रहेको फिल्मका निर्माता विनोद सापकोटा हुन् ।
फिल्ममा मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् । शैलेश श्रेष्ठ/रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, विक्रम लामा/एन्जिला खत्री/प्रविन सिंहको कोरियोग्राफी, सत्यम राना/अचुत बजगाईंको भिएफएक्स रहेको फिल्मको कथा तथा पटकथा मधु बाँस्तोलाको हो ।










