‘बुलकी’ हलबाट उतारियो

फिल्म । गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘बुलाकी’फिल्मको प्रदर्शन आजबाट पूर्ण रूपमा रोकिएको छ । हलले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो निर्माता तथा कलाकार विराज विष्टले प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिए । ‘दर्शकको माग बमोजिम अब प्रोजेक्टरमार्फत चलचित्र प्रदर्शन गर्नेछौँ ’, निर्माता विष्टले भने । आउँदा दिनमा पनि नेपालीपन बोकेको कथालाई दर्शकसम्म ल्याउने उनको भनाइ छ । लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र ‘बुलाकी’मा निर्माता विष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, लक्ष्मी गिरीलगायतले अभिनय गरेका छन् ।

फिल्मका मोफसल वितरण कम्पनी एफडीका अध्यक्ष छविराज ओझाले निर्माताले चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिए । ‘निर्मातामार्फत आएको जानकारीलाई हामीले हलसम्म पुर्‍याइसकेका छौँ’, उनले भने। सोमबारदेखि पूर्णरूपमा सो चलचित्रको प्रदर्शन रोकिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्