सेलिना भन्छिन् ‘बलिउडमा पाइला टेक्न गाह्रो छ’

51 Shares

फिल्म । बलिउड अभिनेती सेलिना जेटलीले डेब्यु हुँदाको पिडाक बारेमा बताएकी छिन् । उनले बलिउडमा स्थापित हुने प्राय महिला कलाकारले विभिन्न अवस्थाको सामना गर्नु पर्ने संकेत गरिन् । उनको संकेत कास्टिङ काउचसँगै नयाँलाई गरिने यौन सोसनको बारेमा थियो । उनले त्यसमा धेरै खुलेर कुरा त गरिनन् तर अवस्था असहज हुने गरेको स्विकारिन

आफ्नो डेब्युमा भने उनले केहि समया नझेलेको बताइन । ‘मैले फिरोज खानसरको फिल्म मार्फत डेब्यु गर्ने मौका पाए त्यसैले मैले त्यस्ता कुरा झेल्नु परेन । तर , दोस्रो फिल्म देखि मैले त्यस्ता कुरा महसुस गरे’ सेलिनाले बताइन । उनले सन् २००३ मा जान्शीन फिल्म मार्फत डेब्यु गरेकी थिइन् । फिल्मलाई फिरोज खानले निर्माण तथा निर्देशन गरेका थिए भने यसमा उनकै छोरा फर्दीन खान लिड रोलमा थिए ।

सेलिनाले पहिलो फिल्ममा फिरोजले धेरै सतर्क गराएको बताइन । उनले भनिन् ‘मलाइ सरले धेरै तथ्यको बारेमा बताउनु भएको थियो र त्यो पछिल्लो समयमा काम लाग्यो ।’ सेलिनाले प्रस्ताव आउने र त्यसलाई अविकार गर्दा फिल्म नै गुम्ने गरेको समेत बताइन । उनले नयाँलाई बलिउडमा अडिन सहज नरहेको बताइन । यद्दपी उनि पछिल्लो केहि वर्ष यता बलिउडमा छैनन् । उनले विवाह गरेसँगै उनि गृहणी बनेकी छिन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्