फिल्म । ‘जनै हराएको बाहुन’ फिल्मको प्रदर्शन तय गरिएको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते फिल्म नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएका छन् । विजय बराल र मनिष राउत मुख्य भूमिकामा रहेको फिल्ममा आमा र छोराबीचको इमोस्नल कथा बुनिएको छ ।
आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने फिल्म ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गरेका छन् । उनको यो डेव्यु निर्देशन छन् । यो फिल्मको एसोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
पेपरक्लिप प्रालिले निर्माण रहेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई रहेको फिल्ममा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।










