बोल्ड प्रियंका (तस्वीरहरु)

फिल्म । अभिनेत्री प्रियंका कार्की आफ्नो परिहरणको कारण चर्चामा रहने गर्छिन् । ड्रेस सेन्स भएकी एक्ट्रेसले फेशन ट्रेण्डलाई फलो गर्नेगर्छिन् । यिनै प्रियंकाले गत शुक्रबार राजधानीमा आयोजित फिल्म ‘दाल भात तरकारी’ को गीत सार्वजनिक कार्यक्रममा आफुलाई बोल्ड अवतारमा प्रस्तुत गरिन् । सार्वजानिक भिजिट भिसामा उनि नरहेता पनि उनि कार्यक्रममा उपस्थित थिइन् । उनको मिनी स्कर्टले सबैको ध्यान तान्यो । किनकी उनि उपस्थित अन्य कलाकारको तुलनामा फरक देखिएकी थिइन् ।

‘म एक शुटिङमा थिए त्यहाँबाट सिधै कार्यक्रम भ्याउन आए’ प्रियंकाले भनिन् ‘फिल्मको एक भाग म पनि हुँ , त्यसैले ढिलै भएपनि आइपुगे ।’ फिल्मको एक गीतमा उनको अभिनय रहेको छ । चितवनको एक रिसोर्टमा छायाँकन गरिएको गीतमा उनि बेहोस समेत भएकी थिइन् । ‘प्रियंका बेहोस भएपछी हामीले शुटिङ हुने आश नै गरेका थियनौ तर पछी उनले शुटिङ सुरु गर्न आग्रह गरिन’ फिल्मका प्रस्तुतकर्ता किरण केसीले भने ‘उनलाई फिल्म प्रोड्युसरको समयसंगै परिस्थितिको पनि राम्रो ज्ञान छ , त्यसैले उनि सबैकी प्यारी छिन ।’ फिल्ममा उनले आइटम नृत्य गरेकी छिन , जसलाई केहि समयपछी निर्माण पक्षले सार्वजानिक गर्नेछ । भिजिट भिसाको कुरा गर्ने हो भने गीतमा उनि थिइनन् तर सार्वजनिकको लागि आयोजना गरिएको कार्यक्रममा भने उनि नै छाइन । हेर्नुस सात तस्वीरमा बोल्ड प्रियंका ।

तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्