चार हलमा जय भोलेको ५१ औ दिन

फिल्म । गत दसैंलाई लक्षित गर्दै फूलपातीदेखि प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ प्रदर्शनको ५१ औ दिन पार गरेको छ । निर्देशक तथा निर्माता अशोक शर्माले आश्रमलाई सहयोग गर्दै ५१ औ दिनको खुसियाली साटेका छन् । शुक्रवार सामाखुसीमा रहेको मावन सेवा आश्रममा निर्माण टिमले न्यानो कपडा बाँड्दै उनले खुसि साटे ।

आश्रममा आश्रित मानसिक सन्तुलन गुमाएका ५० जना वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गर्दै एक छाक खाना पनि निर्माता शर्माले खुवाए । उक्त अवसरमा खगेन्द्र लामिछाने, सौगात मल्ल, जयनन्द लामा, शारदा गिरी, छायाँकार पुरुषोत्तम प्रधान, नृत्य निर्देशक बसन्त श्रेष्ठ कर्यक्रममा उपस्थित थिए । ‘झन्डै १२ वर्षपछी कमब्याक गर्दा दर्शकबाट माया पाए निकै खुसि लागेको छ’ निर्देशक शर्माले सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । फिल्म ‘जय भोले’ ले ४ वटा हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो ।

कमेन्ट गर्नुहोस्