फिल्म । अपेक्षा गरिएअनुसार नै, अक्षय कुमार ‘जोली एलएलबी ३’ मा सबैभन्दा बढी कमाउने कलाकार बनेका छन् । भारतीय मिडियामा आएको रिपोर्टका अनुसार, उनले यस फिल्ममा आफ्नो भूमिकाका लागि ७० करोड रुपैयाँ पारिश्रमिक लिएका छन् । अक्षयको यो फिल्ममा उपस्थिति स्टार पावरका कारण उनको पारिश्रमिक सबैभन्दा बढी छ ।
पहिलो फिल्मका मुख्य पात्र अर्शद वारसीले यस पटक ४ करोड रुपैयाँ पारिश्रमिक पाएका छन् । यी दुई ‘जोली’ बाहेक, अन्य कलाकारले पनि राम्रै पारिश्रमिक पाएका छन् । अक्षयसँग मुख्य महिला कलाकारको भूमिकामा रहेकी हुमा कुरेशीले २ करोड रुपैयाँ लिएको बताइएको छ । अर्की महिला कलाकार अमृता रावलाई १ करोड रुपैयाँ दिइएको छ । लोकप्रिय न्यायाधीशको भूमिकामा फर्किएका सौरभ शुक्लाले ७० लाख रुपैयाँ पाएका छन् भने अनु कपूरले ५० लाख रुपैयाँ पारिश्रमिक लिएका छन् ।
कमेन्ट गर्नुहोस्











