फिल्म । सन् २००९ मा फिल्म ‘अजब प्रेम की गजब कहानी’ रिलिज भएको थियो । फिल्मले राम्रो बिजनेस नगरेपनि गीतसंगीतले भने निकै राम्रो सफलता पायो । त्यहि फिल्मको छायाँकनको क्रममा रनबीर कपूर र कट्रिना कैफ बीच प्रेम पलाएको थियो । खैर , यिनीहरुको सात वर्षे प्रेममा पूर्ण विराम लागिसकेको छ । तर यतिबेला कट्रिनाले आफ्नो गुरु ‘रनबीर’ भनिदिएपछी फेरी यी दुइ चर्चामा छन् ।
सलमान खान मार्फत बलिउडमा डेब्यु मात्र होइन , स्थापित नै भएकी कट्रिनाको गुरु रनबीर कसरि ? जिज्ञाषा बढ्नु स्वाभाविक नै हो । तर , कट्रिनाले आफ्नो आफ्नो सोसल मिडियाको गुरु रनबीर हुन् भनेकी छिन् । कट्रिनाले इन्स्टाग्राममा ढिलो प्रवेश गरेकी हुन् । उनले सन् २०१७ मा सामाजिक सञ्जालमा आफ्नो एकाउन्ट खोलेकी हुन् ।
इन्स्टाग्राम चलाउने श्रेय उनी आफ्ना पूर्वप्रेमी रनबीरलाई दिन्छिन् । अभिनेता÷निर्माता अरबाज खानको टक सो ‘पिन्च’मा उनले सो कुरा खुलाएकी थिइन् । ‘मलाई इन्स्टा चलाउन सिकाउने मान्छे रनबीर हुन्,’ उनले भनेकी थिइन्, ‘उनले मलाई सोसल मिडिया चलाउन सिकाए ।’ सामाजिक सञ्जालबारे कुराकानी हुने यस सोमा उनले खुलेर कुरा गरेकी थिइन् ।
इन्स्टामा उनका २ करोड १० लाख फलोअर छन् । सोमा उनले रनबीरको सामाजिक सञ्जालमा फेक एकाउन्ट रहेको खुलासा गरेकी थिइन्। सोसल मिडियामा फेक एकाउन्ट छ कि भनी अरबाजले सोध्दा उनले भनेकी थिइन्– ‘मेरो त छैन । तर, मलाई थाहा छ रनबीरको फेक अकाउन्ट छ।’










