‘गजनी’ को सिक्वेल बन्दै ?

फिल्म । बलिउडका मिस्टर पर्फेक्निस्ट आमिर खान पछिल्लो समय ‘लाल सिंह चड्डा’ को काममा व्यस्त छन् । ओस्कार विनर हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक रहेको फिल्मको छायाँकन आमिरले सकाएका छन् भने पोष्ट प्रोडक्सनमा निकै ध्यान दिईरहेका छन् । पछिल्लो रिलिज फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मार्फत दर्शक र समिक्षकको नकारात्मक टिप्पणी पाएका आमिर केहि समय अध्यनमा व्यस्त थिए । पछिल्लो समय आमिरले नयाँ फिल्मको लागि भेटघाट पनि अगाडी बढाएका छन् ।

यसैक्रममा बि-टाउनको चर्चामा ध्यान दिने हो भने आमिर आफ्नो सफल फिल्म ‘गजनी’ को सिक्वेलको तयारीमा समेत छन् । साउथ इण्डियन फिल्मको रिमेक रहेता पनि ‘गजनी’ आमिरको सफल फिल्म मध्यएको एक हो । सन् २००८ मा रिलिज भएको यो फिल्मको लागत ४५ करोड रहेको थियो भने यसले २ सय ३२ करोडको ग्रस कलेक्सन गर्न सफल भएको थियो । यो फिल्मको कथा मिस्टर खानलाई यति धेरै मन परेको थियो कि क्लाइमेक्सको स्क्रीनप्ले उनैले लेखेका थिए । त्यसपछि फ्यानलाई उनको एक्सन फिल्मको पर्खाइ रह्यो ।

यद्दपी ‘धुम ३’ बाहेक अन्यमा आमिरले एक्सन गरेनन् । फ्यान आमिरलाई ‘गजनी’ झैँ लभ स्टोरी मिसिएको एक्सन फिल्ममा देख्न चाहन्थे । तर , अब यो पुरा हुने भएको छ । निर्माण कम्पनि रिलाइन्स इन्टरटेनमेन्टले सामाजिक सञ्जालमा ‘गजनी’ सम्बन्धि पोष्ट गर्दै यसको सिक्वेल घोषणा हुन् सक्ने संकेत गरेको छ । ‘यो पोष्ट गजनीको बारेमा हो तर हामीले के भन्ने चाहेको बिर्सियौ’ लेखिएको छ । यो पोष्टले गजनीको सिक्वेल बन्ने संकेत गरिएको छ । यसको घोषणा आमिर खानले ट्वीटर मार्फत गर्न सक्ने बुझिएको छ । त्यसो त उनले गजिनी २ को लागि पनि सोच बनाइरहेको खबर बेला बखतमा आउने गरेको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्